राजनीति

काँग्रेस सभापति र महामन्त्रीले एमालेलाई भने “पहाडे र मधेसीबिच भीडन्त गराउन बन्द गर्नुस”

सुर्यखबर सम्बाददाता,
काठ्माण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मेधसी जनतासंगपनि कम राष्ट्रियता नभए्रको जिकिर गरेका छन् । नेबिसंघको ६ महिने सदस्यता बितरण कार्यक्रमको सोमबार त्रिचन्द्र क्याम्पसमा उद्घाटन गर्दै मधेसी र पहाडेबीचमा द्वन्द् आउने खालका अभिब्यक्ति दिएर एमालेले गल्ति गरिरहेको बताएका छन् ।

संबिधान संसोधन प्रस्ताबमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सहमतिमा आएको बताउदै, ओलीले आफूले शुशील कोइराला र प्रचण्डसंग हस्ताक्षर नगरेको भनेर जनतासंग भन्न चुनौती दिएका छन् । एमालेको पहाडे र मधिसेबीच भीडन्त गराउन खोज्ने कार्य नितान्त गलत भएको दोहोर्याउदै उक्त कार्य बन्द गर्न एमालेलाई आग्रह गर्दै संबिधान संसोधन प्रस्ताब कुनैपनि हालतमा फिर्ता नहुने दाबी गरेका छन् ।

देउवाले माघ ७ गतेभित्र तीन तहको निर्बाचन गर्नुपर्ने बाध्यता भएका कारण संबिधान संसोधन गरेपछि मात्र निर्बाचन गर्नु ब्याबहारिक भएको हुंदा बखेडा नझिक्न एमालेलाई आग्रह गरेका छन् ।
काँगे्रसका माहामन्त्री डा.शशांक कोइरालाले संबिधान सबैको सहमतिमा आएकाले एमाले लगायतका मुख्य दलहरुको सहमतिमा नै संबिधान संसोधन हुने बताएका थिए ।

कार्यक्रममा उपस्थिति जनाएका पूर्ब माहामन्त्री प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा संबिधान बनेकाले यो प्रस्ताब फिर्ता हुंदैन बरु एमालेको समर्थनमा नै संबिधान संसोधन हुन्छ भनेका थिए ।
काँग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले संबिधान संसोधन प्रस्ताब संसदमा दर्ता गरेका छन् । उक्त प्रस्ताब मध्येको ५ नं. प्रदेश टुक्राउने बुंदाको बिरोधमा ५ नं प्रदेशमा आन्दोलन चर्केको १५ दिन भइएसकेको छ ।

बिरोधलाई ५ नं. प्रदेशका सरकारघटक माओबादी केन्द्र र कााग्रेसका साँसदहरुले समेत समर्थन गरेका छन् । नेबिसंघका अध्यक्ष नैनसिंह महर, तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायतले बोलेका थिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका बिरिष्ठ नेता रामचन्द्र पौडेलको भने उपस्थिति थिएन ।