मनोरञ्जन

शुभाङीको प्रेम सार्बजनिक (भिडियोसहित)

काठमाण्डौ । रंग पत्रकार श्यामसुन्दर गिरीको शब्द तथा निर्देशन रहेको ‘तिमिनै मेरो’ बोलको पप म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । सिड्नीको मनोरम दृश्यमा छाँयाकन गरिएको उक्त म्युजिक भिडियोमा ‘जंग बहादुरको कोट’कि अभिनेत्री तथा मोडल शुभाङी कोइराला र नयाँ अनुहार सुरज कुँवरको प्रेमलाई पर्दामा देखाइएको छ ।

रिसाएकी प्रेमिकालाई फकाउन गरिने प्रयास र त्यसपछिको प्रेममय जीवनलाई भिडियोमा प्रस्तुत गरिएको छ । उक्त गीतमा राज श्रेष्ठको स्वर तथा विजेश्वर राज तन्डुकारको संगीत रहेको छ ।

सार्बजनिक म्युजिक भिडियोलाई नमित चन्द ठकुरीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका छन् । भिडियोले युट्युबमा समेत सकरात्मक प्रतिकृया पाइरहेको छ ।

https://www.youtube.com/watch?v=Uo5gpUZBA74