राजनीति

आयो प्रचण्ड,देउवा र गच्छदारलाई फेरि अर्को झड्का लाग्ने खबर !

काठमाण्डौ । नेपाली कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिकलगायत पार्टीका थारू सांसदहरुले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन् ।

कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसदमा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि उनीहरुले गरेका छन् ।

थारु सांसदले आइतबार माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा गोप्य बैठक गरी संविधान संशोधन प्रस्तावमा आफूहरु एक ठाउँमा उभिन सहमति गरेका हुन् । उनीहरुले बुधबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएका छन् ।

ज्ञापनपत्रमा उनीहरुले कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा राख्न माग गर्न अन्य पार्टीका शीर्ष नेताहरुसँग पनि भेटघाट गर्ने भएका छन्। उनीहरुले नवलपरासीलाई टुक्र्याउन नपाइने सर्त पनि राख्ने भएका छन् भन्दै मंगलबारको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।