राजनीति

संबिधान संसोधन प्रस्ताब फिर्ता नलिए कुनैपनि हालतमा संसद नचल्ने अध्यक्ष ओलीको ठोकुवा !

सुर्यखबर सम्बाददाता,

बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई संबिधान संसोधन प्रस्ताब फिर्ता गरेर निर्बाचनमा जान आग्रह गरेका छन् । प्रेस चौतारी बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुर्ब प्रधानमन्त्री समेत रहेको ओलीले सरकारले उक्त प्रस्ताब फिर्ता गरेर निर्बाचन गरेमा मात्र संबिधानको कार्यान्वयन हुने बताएका छन् ।

एमाले निकट कर्मचारी यूनियनको अधिवेसन उद्घाटनका लागि बाँकेमा आएका प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले जातजातीलाई भीडाएर झगडा लगाउने षढ्यन्त्र भएकोले अब जातीय भन्दा बर्गीय कुरा उठाउनुपर्ने बेला भएकाले पहिचानका कुरा गरेरजनतालाई अल्मल्याई सरकारले राष्ट्रिय एकता कमजोर पार्न खोजेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा एकातिर एमाले सचिब गोकर्ण बिष्ट र अर्कातिर महासचब ईश्वर पोख्रेललाई लिएर बसेका अध्यक्ष ओलीले टीकापुर घटनालाई जोड्दै राष्ट्रियतालाई नजोगाए त्यस्ता घटना दोहोरिने हुनाले बेलैमा सबै सजग हुनुपर्ने बेला आएको बताएका छन् ।

सरकारले संबिधान संसोधन प्रस्ताव फिर्ता नलिएमा संसद चल्न नसक्ने ठोकुवा अध्यक्ष ओलीले गरेका थिए ।