पु.समाचार

नेपाली चेलीले राखिन् फेरि अर्को विश्व रेकर्ड (भिडियोसहित)

काठमाण्डौ । सन् २०१२ मा नेपालको तर्फबाट सीएनएन हिरो अवार्ड जितेकी पुष्पा बस्नेतले दोश्रोपटक सुपर हिरो अवार्ड जित्न सफल भएकी छन् । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसरमा नेपालीकी सामाजिक अभियन्ता बस्नेतलाई सिएनएन सुपर हिरो अवार्ड दिएर सम्मान गरेको हो ।

नेपालमा निकै लामो समय असाहय बालबालिकाहरुको संरक्षणको क्षेत्रमा काम गरेर सामाजिक अभियन्ताका रुपमा स्थापित बस्नेतले संसारका पाँच अवार्ड विजेताहरुलाई पछि पार्दै सिएनएन सुपर हिरोको उपाधी जितेकी हुन् ।

उनले सन् २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन फेनाफ्रलोरिडा, सन् २०१ की रोविन लिम र सन् २०१३ का चाड प्रिजेकलाई पछि पार्द अवार्ड हात पारेको सञ्चारमाध्यामहरुले जनाएका छन् । बस्नेत पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष हुन् ।

उनले विभिन्न कारणले कैदी जीवन विताइरहेका व्यक्तिहरुका बालबालिकाका लागि काम गर्दै आएकी थिइन् । आमाबाबुसँगै कैदी जीवन विताइरहेका बालबालिकाको उद्धारमा जुटेकी बस्नेतको संस्थाले ती बालबालिकाहरुको अधिकार र संरक्षणको काम गर्दै आएको छ ।

यसअघि माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतले समेत नेपालको तर्फबाट सिएनएन हिरोको अवार्ड हात पारिसकेका छन् । नेपालको इज्जत राखेकोमा हाम्रोतर्फबाट पनि पुष्पा बस्नेतलाई बधाई ।