अन्तर्राष्ट्रिय

नाइजेरियामा एक सय साठ्ठीको मृत्यु

एजेन्सी । नाइजेरियाको दक्षिणीक्षेत्रमा अवस्थित एक चर्चको छानो भत्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६० पुगेको उयोस्थित एक अस्पतालले आइतबार जानकारी दिएको छ ।

शनिबार निर्माणाधीन चर्चको छानो भत्किँदा भएको उक्त दुर्घटनामा दर्जनौँ मानिसहरु घाइते भई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

स्थानीय पर्वका लागि उक्त चर्चलाई कामदारले अन्तिमरुप दिइरहेकै बेला भएको दुर्घटनामा मृत्यु हुने अधिकांश स्थानीयस्तरमा मनाउने पर्वमा सहभागी हुन पुगेका भक्तजन रहेको नाइजेरियाली प्रशासनले जनाएको छ । घटनामा केही मजदुरसमेत परेको बताइएको छ ।

आक्वा इबोम राज्यका गभर्नर उदोम इमानुयल तथा चर्च गुरु अकान बिक्सले सयौँ मानिसलाई धार्मिक प्रवचन दिइरहेका बेला दुर्घटना भएको थियो ।

उयो सहरको स्थानीय शिक्षण अस्पतालमा उपचारका लागि पु¥याइएका अधिकाँशको मृत्यु भएपछि अस्पतालको मुर्दाघरमा ठूलो सङ्ख्यामा मृत शरिर जम्मम भएका बताउँदै घटनामा कम्तिमा १६० जनाको मृत्यु भइसकेको मेडिकल निर्देशक इटेट पिटरले जानकारी दिनुुभयो ।