आर्थिक

श्रीलंकाका सेक्रेटरी जनरल परेरा र हिमालयन एयरलायन्सका प्रेसिडेन्ट क्याप्टेन जाओबीच वार्ता

भक्तपुर । भक्तपुरमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलामा श्रीलंकाका सेक्रेटरी जनरल अजित परेरा र हिमालयन एयरलायन्सका प्रेसिडेन्ट क्याप्टेन जाओबीच दुईपक्षीय वार्ता भएको छ ।

फेडेरेशन अफ चेम्बरर्स अफ कमर्स एन्ड इन्डष्ट्रिज् अफ श्रीलंकाका सेक्रेटरी जनरल अजित परेरा र हिमालयन एयरलायन्सका प्रेसिडेन्ट क्याप्टेन जाओबीच मेलाको अवसरमा दुईपक्षीय वार्ता भएको हो ।

वार्ताले दुबै पक्षबीचको सम्बन्धलाई अझ मजबुत बनाउन र एकआपसको व्यापार व्यवसाय अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलाको तेस्रो दिन अवलोकन गर्दै मेलाको व्यवस्थापन पक्ष निक्कै व्यवस्थित रहेको प्रतिmक्रिया दिएको मेलाका संयोजक राजुमृगेन्द्र जोशीले बताए ।

भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उपलक्ष्यमा भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनीको जग्गामा जारी मेलामा सहभागिता जनाउँदै उनीहरुले मेला व्यवस्थित र भव्य रहेको प्रतिक्रिया दिए ।

संयोजक जोशीले श्रीलंकाका सेक्रेटरी जनरल अजित परेराले आगामी सेप्टेम्बर २०१७ मा श्रीलंकामा हुने हुने मेलामा भक्तपुर चेम्बरलाई पनि निमन्त्रणा दिएको बताउँदै भक्तपुरमा भएको मेलाबाट आफू प्रफुल्लित भएको प्रतिक्रिया दिएको बताए ।

मेलामा सहभागी हुन आएका यी दुई पक्षबीच वार्ता र छलफल गराउनका लागि आयोजक कमिटीले वातावरण बनाइदिएको थियो । ‘मेलामा ती दुई पक्षबीच भएको वार्ताले हाम्रो उद्देश्य पूरा भएको छ, हामीले व्यापार व्यवसाय प्रवद्र्धनका लागि पुलको काम गरिदिएका छौं ।’ संयोजक जोशीले भने ।

जेडटीइ स्मार्ट फोनको प्रस्तुति र जगदम्बा स्टिलको मुख्य प्रायोजनमा सुरु भएको सो मेला भक्तपुरमा पहिलोपटक आयोजना भएको बताउँदै मेलाले भक्तपुरको पहिचान बढाउन सहयोग पुगेको आयोजकको भनाइ छ ।