पु.समाचार

एमाले अध्यक्ष ओलीले निर्वाचनसँग जोडेर गरे यस्तो गम्भीर प्रश्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन भन्दा सरकारलाई निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । अनेरास्ववियूले आइतबार गरेको विचार गोष्ठीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो आग्रह गरेका हुन् ।

“निर्वाचनमा जान संविधानको कुन धाराले दिएन ? त्यो धाराको संशोधनको प्रस्ताव सरकारले ल्याओस् एमाले त्यसमा सहयोग गर्न तयार छ” भन्दै अध्यक्ष ओलीले देश र जनतालाई नै घात हुनेखालको संशोधनमा एमाले सहयोग गर्दैन भने ।

राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र र देशको समृद्धिका लागि एमाले सदैव लाग्ने र त्यसमा षडयन्त्र भए एमालेले परास्त गर्ने बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भने , “अहिलेसम्म पूर्खाले यो देशलाई जोगाएर यहाँसम्म ल्याए, अब हाम्रो पालामा तलमाथि हुन हामी दिंदैनौं ।” देशलाई विखण्डनतिर लग्ने प्रयास भइरहेको उनले आशंका व्यक्त गरे भन्दै सोमबारको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।