पु.समाचार

प्रहरीको कुटाईबाट ट्याक्सी चालकको मृत्यु, स्थानीयद्वारा तोडफोड

कृष्ण आचार्य

काठमाडौं । प्रहरीको कुटाईबाट ट्याक्सी चालकको मृत्यु भएको आरोपमा स्थानीयद्वारा प्रहरी चौकी घेराउ र आगजनी प्रयास भएको छ । शनिबार राती मादक पदार्थ शेवन गरेको आरोपमा पक्राउ परेका राजकुमार लामालाई जोरपाटी अत्तरखेलस्थीत मेडिकल कलेज उपचारका लागि लांदै गर्दा मृत्यु भएको थियो ।

मृत्यु भएका लामाको अत्याधिक मादक पदार्थ शेवनका कारण मृत्यु भएको प्रहरीले बताए पनि प्रहरी कुटाईबाट मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । आक्रोशीत स्थानीयले
तीनवटा मोटरसाईकल जलाएका छन्, स्थानीयको झडपलाई नियन्त्रण गर्न प्रहरीले केहि सेल अश्रु ग्याँस समेत प्रहार गरेको थियो ।

२० जना भन्दा बढी प्रदर्शनकारी पक्राउ गरिएको काठमाण्डौ प्रहरी प्रमुख प्रद्युम्न कार्कीले बताए, स्थानीय र प्रहरीको झडप हुने आशंकामा बौद्ध क्षेत्रमा प्रहरी शतर्क अवस्थामा रहेको देखिएको छ ।

ट्याक्सी चालक लामाको मृत्यु भएपछि आक्रोसीत एक सय भन्दा बढीको भीडले प्रहरी चौकी आक्रमण गरी प्रहरीकै तीनवटा मोटरसाईकल र एकवटा सरकारी मोटरसाईकल जलाएको गौसालाका डीएसपी नबराज आचार्यले बताए ।

झडपमा प्रहरीका सई घाईते भएको समेत प्रहरीले पुष्टी गरेको छ ।