मनोरञ्जन

बलिउड सुपरस्टारले काठमाण्डौको माहौल तताउने

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । काठ्माण्डौमा इण्डो नेपाल फ्रेण्डसिप ईभेन्ट हुंदैछ । नेपाल भारत युथ मैंत्री संघको आयोजनामा हुनलागेको उक्त पर्यटन मेलामा ५ लाख को भिजिट हुने अनुमान आयोजकको छ ।
भारतीय संस्था क्रेजीच्याप्स, नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाईन्स, उत्सभ इभेन्ट्स, मारबाडी युवा मन्च, रोटाराक्ट दक्लब लगायत सह आयोजक रहेको उक्त मेला महत्वपूर्ण हुने बताईएके छ । कार्यक्रममा राजस्थानी नृत्य, पंजाबी भंगडा, कुचिपुडि, मराठी, लावण्डी, भजन, लोकगाीत भारतीय भाषामा हुने छ, भने नेपाली झिझाया, देऊडा नृत्य, समां चेकवा, जाट जतिन, लोकदोहोरी, आधुनिक गीत लगायत हुने आयोजकले बताएको छ ।
५ वटा स्टेजमा एकैचोटी हुने उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रधानमन्त्री पुष्पकमल दहाल, बिशिष्ट अतिथीमा उपप्रधान एबम् गृहमन्त्री बिमलेन्द्र निधि, पर्यटनमन्त्री जिबनबहादुर शाही रहेका छन् ।
कार्यक्रममा भारतका बिधायक परेश रावल, बलिउड कलाकार डेनी डेन्जेरा, अनि चर्चित कलाकार गोबिन्दा लागायत बरिष्ठ भारतीय कलाकारहरुको पनि उपस्थीति हुने आयोजकको दाबी छ ।
उक्त कार्यक्रम निर्देशक अमिन चन्द्रकारले ब्यापक रुपमा अगाडि बढाएको दाबी कार्यक्रमका मिडिया प्रमुख कृष्णा मिश्रले सुर्यखबरलाई बताए ।

डिसेम्बर ३०, ३१  जनवरी १, २ मा हुने उक्त कार्यक्रममा नेपाली बरिष्ठ कलाकारहरु समेत सहभागी हुने आयोजकले बताएको छ ।