पु.समाचार

प्रचण्ड र मोहन वैद्यबीच एकाबिहानै यस्तो भलाकुसारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यबीच भेटवार्ता भएको छ  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्री प्रचण्डलाई ६२ औं जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिनुभएकोमा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराउनु भएको प्रचण्डको निजी वेभसाइट सिएम प्रचण्डले जनाएको छ ।