पु.समाचार

बारामा जन्ती बस र कार ठोक्कियो, २ जनाको मृत्यु

बारा । बाराको पथलैया अमलेखगञ्ज सडक खण्डमा शनिबार बिहान सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । वीरगञ्जबाट हेटौंडातर्फ गइरहेको एउटा जन्तीबस  र विपरित दिशाबाट गइहरको कार एक आपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर कार चालक दीपक थापको मृत्यु भएको जनाइएको छ ।

खोटाङ जिल्ला निवासी चालक थापाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ भने अन्य एक महिलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । घाइते अन्य ५ जनाको चुरेहिल अस्पतालमा उपचार भैरहेको बताइएको छ ।  घाइते हुनेमा बालबालिका समेत रहेको बताइएको छ । बसमा सवार चालक र यात्रु भने फरार रहेको प्रहरीले जनाएको छ ।