मनोरञ्जन

कलाकार आरपी भट्टराईको निधन

काठमाण्डौ । हाँस्य कला क्षेत्रमा स्थापित कलाकार आरपी भट्टराई शुक्रबार निधन भएको छ । फुपुको विराटनगरस्थित घरमा पुगेका बेला उनको त्यही निधन भएको हो । कलाकार भट्टराई प्रेसर र सुगर रोेगबाट पीडित थिए ।

हाँस्य टेलिश्रृंखला तितो सत्यमा पृथक भूमकाबाट चर्चित कलाकारका रुपमा स्थापित उनले अन्य दर्जनौ टेलिफिल्म र चलचित्रमा समेत अभिनय गरेका थिए । तितो सत्यमा उनी राजाराम पात्रको रुपमा स्थापित थिए । उनकी श्रीमती वैदेशिक रोजागारीको सिलसिलामा इजरायलमा रहेको पारिवारिक श्रोतले बताएको छ ।