राजनीति

मानवअधिकार दिवसको अवसरमा राष्ट्रपति भण्डारीको नयाँ सन्देश, यसकारण सन्तोष लागेछ राष्ट्रपतिलाई !

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ संविधानमा उल्लेखित मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्दन सम्बन्धी नीतिको कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छन् । शनिबार विश्व मानवअधिकार दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले सो कुरामा जोड दिएकी हुन् ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपाललाई समृद्ध तथा समुन्नत बनाउन ती व्यवस्थालाई क्रमशः कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिएकी छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डतालाई अक्षुग्ण राख्दै संविधानका मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वद्र्धनसम्बन्धी नीतिमा जोड दिँदै राष्ट्रपति भण्डारीले मानव अधिकार दिवसको अवसरमा सम्पूर्ण मानव जातिका साझा अधिकार सबैलाई सधैँ प्रत्याभूत गर्न विश्वका सबै मुलुकलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास समेत लिएको जनाएकी छन् ।

संविधानले राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक तथा कानुनी निकायको व्यवस्था गर्नु आफैँमा सन्तोषको विषय भएको जनाउँदै सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगसमेत गठन भई क्रियाशील रहेकोले नेपालमा मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवद्र्धनको प्रक्रियालाई अझ सुदृढ बनाउन मार्ग प्रशस्त गरेको समेत राष्ट्रपति भण्डारीले दावी गरेकी छन् ।