आर्थिक

कोटेश्वर–कलंकी चक्रपथ योजनाको काम केही वर्षभित्रै सकिने

काठमाण्डौ । कलंकीदेखि कोटेश्वरसम्मको १० दशमलव ३९४ किलोमिटर सडक आगामी दुई वर्षभित्र सम्पन्न हुनेछ । सन् ०१३ देखि थालिएको यो आयोजना ०१६ मा सम्पन्न हुनुपर्ने थियो । भूकम्प, निर्माण सामग्री अभावसहितका कारण सन् ०१८ जुलाई ९०७५ मंसिर० मा सम्पन्न गर्ने गरी काम भइरहेको काठमाडौं चक्रपथ विस्तार योजना प्रमुख ज्ञानेन्द्र झाले जानकारी दिए ।

यस सडकखण्डमा पर्ने चार पुल निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । बटुवा हिँड्ने कुल ६ ‘ओभरहेड ब्रिज’मध्ये तीनवटाको निर्माण सम्पन्न हुने चरणमा छन् भने अन्यको काम सुरु भइसकेको छ । चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले यो सडक निर्माण गरिरहेको छ ।

आयोजनाका अनुसार निर्माणमा इन्जिनियर, सबइन्जिनियर र कामदार गरी एक सय ५० चिनियाँ खटिएका छन् । यो सडक विस्तारमा चीन सरकारको चार अर्ब रुपैयाँ अनुदान सहयोग छ । सडक विस्तारपछि ट्राफिक जाममा कमी आउने, धुलो धुँवा हट्ने र ‘मोबिलिटी’ बढ्ने अपेक्षा गरिएको छ भन्दै शनिबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।