समाचार

तोकियो कक्षा १० को परीक्षा मिति

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस परीक्षालाई अब एसईई बनाइएको छ । परीक्षा सञ्चालन समितिको शुक्रबार बसेको बैठकले पहिलो दिन चैत ३ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, चैत ४ गते अनिवार्य नेपाली विषय, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते सामाजिक शिक्षा, चैत ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयको परीक्षा सञ्चालन हुनेछ ।  पनिकाका अनुसार चैत १० गते ऐच्छिक प्रथम र चैत ११ गते ऐच्छिक द्वितीय अन्तर्गतका विषयको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिकतर्फ भने थप तीन दिन अर्थात् चैत १४ गतेसम्म परीक्षा सञ्चालन हुने जानकारी दिए भन्दै शनिबारका पत्रपत्रिकामा समाचार प्रकाशित छ ।