पु.समाचार

उदयपुरमा बस दुर्घटनामा परि ३ को मृत्यु, २ को अवस्था चिन्ताजनक, २९ घाईते

सुर्यखबर सम्बाददाता,
उदयपुर । उदयपुरमा बस दुर्घटनाका कारण ३ जनाको मृत्यु भएको प्रहीले जनाएको छ ।

उदयपुरको लेखानी-५, भदौरेमा भएको उक्त बस दुर्घटनामा बस चालक र सहचालक सहित २९ जना घाइते भएका छन्, दुईजनाको अवस्था अत्यनै नाजुक रहेको बताईएको छ ।

मृत्यु हुनेमा ६० वर्षीया सरस्वती देवीराम, ३३ वर्षीया कुसुम देवीरामका छिन् भने एक जनाको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिएको समाचार संस्थाहरुले बताएका छन् ।

बिभिन्न स्थानका भक्तजनहरुलाई खोटाङको हलेसी दर्शन गराएर फर्कंदै गरेको बा ४ ख ३६२० नम्बरको बस बिहान साँढे ९ बजे दुर्घटनामा परेको र घाईतेहरुलाई स्थाथीय कटारी अस्पतालमा उपचार गरिरहेका बताईएको छ ।