अन्तर्राष्ट्रिय

यसरी प्रदान गरिएको नोबेल पुरस्कार लिन कोलम्बियाका राष्ट्रपति नर्बे पुगे

बोगोटा । कोलम्बियाली राष्ट्रपति जुआँ म्यानुएल सान्टोस नोबेल शान्ति पुरस्कार ग्रहण गर्न नर्वेको राजधानी ओस्लो पुगेका छन्।
गृहयुद्ध र लगातारको द्वन्द्वमा आधा शताद्विसम्म नराम्ररी फसेको मुलुक – कोलम्बियाका हजारौं द्वन्द्वपीडित नागरिकका प्रतिनिधिले पनि उनीसँगै यात्रा गरेका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति सान्टोसले लगभग चालीस जना जतिलाई आमन्त्रण गरी पुरस्कार प्रदान गरिने औपचारिक समारोहतर्फको यात्राका क्रममा साथ लिएर गएका छन्। यी चालीस जनामा आफ्ना निकटतम मित्र तथा नातेदारहरु, कोलम्बियामा शान्तिस्थापना कार्यमा योगदान पु¥याउनेहरु र द्वन्दपीडित नागरिकका प्रतिनिधिहरु दश जना जतिले उनीसँगै नर्वे जाने अवसर पाएका कोलम्बियाको क्याराकोल समाचार प्रसारण वेबसाइटले उल्लेख गरेको छ । “सम्मानित राष्ट्रपतिले सम्पूर्ण देशबासी र बिशेष गरी द्वन्दपीडित नागरिकका तर्फबाट यस पुरस्कार थाप्न लाग्नु भएको” भनी राष्ट्रपतिको कार्यालयद्वारा प्रकाशित एक संक्षिप्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोलम्बियामा दीगो शान्ति स्थापनार्थ राष्ट्रपति सान्टोसको बृहत योगदानकारी भूमिकाको कदर स्वरुप उनलाई सन् २०१६ को नोबेल शान्ति पुरस्कारले बिभूषित गर्ने निर्णय गरिएको थियो ।

देशको सबैभन्दा ठूलो सशस्त्र विद्रोही दल रिभोल्युसनरि आम्र्ड फोर्स अफ कोलम्बियाका नेता रोड्रिगो लन्डनो र राष्ट्रपति सान्टोसका बीच गतः नोभेम्बरमा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विगतको आधा शताव्दिदेखिको गृहयुद्ध र द्वन्द्व समाप्त भै आम जनताले शान्तिको सास फेर्न पाएका थिए । आधा शताव्दिदेखिको गृहयुद्ध र द्वन्द्वमा करिब दुइलाख बीसहजार नागरिकको मृत्यु भएको र दसौं लाख जनताहरु घरबार बिहिन भएका थिए । रासस /सिन्ह्वा