समाचार

ख्रीष्टिमसमा राष्ट्रिय बिदा दिन माग

सुर्यखबर सम्बाददाता,
काठमाडौँ । आमुल परिवर्तन ख्रीष्टियन पार्टी नेपालले ख्रीष्टिमस पर्वमा राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेको छ ।

सो पार्टीले अल्पसंख्यक धार्मिक समुदायलाई संविधानतहः धार्मिक हकअधिकार कार्यान्वयन गर्न आग्रह गर्दै विगतको सरकारले दिएको सार्वजनिक बिदा कायम राख्न माग गरेको अध्यक्ष भरत गिरीले बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको पालादेखि सुरु भएको ख्रीष्टियन पर्वको राष्ट्रिय बिदा अघिल्लो सरकारका पालामा सो धर्मालम्बिका कर्मचारीका लागि लाई मात्र सिमिति गरिएको छ ।

पार्टीले यही मंसिर १२ गतेदेखि राजधानीको माईतिघरमा धर्ना सुरु गर्नुका साथै मंसिर १९ गतेदेखि रिले अनसन सुरु गरेको छ । अध्यक्ष गिरीले माग पुरा गर्न दबाब दिन सुरु गरिएको कार्यक्रममा हालसम्म सरकारका तर्फबाट कुनै पनि सुनुवाई नभएको गुनासो गरे  ।

आमुल पार्टीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २०७३ असार ७ गते स्थानीय निकायलाई जारी गरेको परिपत्र फिर्ता हुनुपर्ने माग पनि गरेको छ । साथै ख्रीष्टियन समुदायसँग विगतमा सरकारसँग भएका सहमति र सम्झौता कार्यान्वयन गर्न माग गरेको छ ।