पु.समाचार

डा. भट्टराईमाथी उनका आफ्नै बन्धु सञ्जीब भट्टराईले नै पोखरामा गरे यसरी जुत्ता प्रहार

सुर्यखबर सम्बाददामता,
काठ्माण्डौ । पोखरामा पूर्बप्रधानमन्त्री बाबुराम भट्टराईलाई जुत्ता प्रहार भएको छ । नयांशक्ती नेपालको कार्यक्रममा प्रमुख अतिथीको रुपमा पृथ्बीनारायण क्याम्पसमा निम्त्याईएका डा. भट्टराईलाई सोही क्याम्पसका बिद्यार्थि सञ्जिब भट्टराईले जुत्ता प्रहार गरेका छन् ।

नयांशक्ती नेपालका संयोजक समेत रहेका डा.भट्टराईलाई प्रहार गरिएको जुत्ताले नलागेपनि जुक्ता प्रहार गर्ने सञ्जिबलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बगरमा राखिएको जनाएको छ ।

राजनीति शास्त्रमा स्थानकोत्तर दोस्रो बर्षमा अध्ययनरत सञ्जिब भट्टराइले आक्रमण प्रयासपछि कालो झण्डा देखाउदै बाहिरिएको बिद्यार्थिहरुले बताएका छन् ।

प्रहरीले सुरक्षदिएर कार्यक्रम शुरु गररेको बताईएको छ । झलनाथ खनाल खनाललाई सुनसरीमा जुत्ता प्रहार भएको, बर्तमान प्रधानमन्त्री पुष्पकमल दहाललाई काठ्माण्डौमा नै आक्रमण गरिएका घटनाहरु सेलाउदा नसेलाउदै जनताले पुनः नेताहरुलाई आक्रमण गर्ने क्रम जारी नै राखेका छन् ।