राजनीति

सभामुखको शीर्ष नेताहरुसंगको आजको छलफल निश्कर्ष निकाल्न नसक्ने ठोकुवा

सुर्यखबर
काठमाण्डौ । संबिधान संसोधनकाने बिरोधमा नेकपा एमाले लगायतका दलहरुले अबरुद्ध गरेको संसद खुलाउन सभामुख ओसरी घर्तीले बिहीबारबाट शीर्ष नेताहरुसंग छलफल गर्ने भएकी छिन् ।
दिउसो गर्ने भनिएको सत्तारुढ मुख्य घटक दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंगको छलफमा लोकमान सिंह कार्कीलाई महाअभियोग लगाएको र अबरुद्ध संसद खुलाउने प्रमुख बिषयमा छलफल हुने सभामुुखको सचिवालय स्रोतले बताएको छ ।
नेकपा एमालेका एक नेताका अनुसार सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकले खासै महत्व दिदैन, केही निश्कर्ष निकाल्दैन, यो बैठक औपचारिकताका लागि मात्र हुन्छ, छलफल हुनु भनेको सकारात्मक नै भने पनि मुख्य दलका शीर्ष नेताहरु बसेरमा मात्र समास्या समाधानको उपाय खोज्न सकिने धारणा उनले पोखे ।