समाचार

सरकारबाटै पक्षपात भएको गहतराजको गुनासो

सुर्यखबर सम्बाददाता,

काठमाडौँ । द्वन्द्वपीडित राष्ट्रिय समाजले सरकारले द्वन्द्वपीडितका समस्या समाधानमा पक्षपात गरेको आरोप लगाएको छ ।

समाजले आज नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई उहाँकै निवासमा ज्ञापनपत्र बुझाउँदै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग राजनीतिक हस्तक्षेपको मारमा परेको जनाएको हो ।

समाजका अध्यक्ष कुलबहादुर गुरुङले सत्य निरुपण आयोगमा प्रजातान्त्रिक विचारका सदस्यको मत अल्पमतमा पारिँदै आएबाट आयोग पीडितमुखी नभइ पीडकमुखी बन्दै गइरहेको गुनासो गर्नुभयो ।

उहाँले तत्कालीन माओवादीबाट कब्जा गरिएका जग्गा जमिन फिर्ता गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट भएका आदेश समेत सरकारबाट पालना नभएकामा सभापति देउवाको ध्यानाकर्षण गराउनुभएको थियो ।

सभापति देउवाले द्वन्द्वपीडितका समस्या निष्पक्ष रुपमा समाधानका लागि आफूले सरकारसँग कुरा गर्ने आश्वासन दिनुभयो ।

आजै राष्ट्रिय ख्रिस्टियन महासङ्घ नेपालले क्रिसमस पर्वका अवसरमा राष्ट्रिय बिदा दिनुपर्ने माग राख्दै सभापति देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै महासङ्घका अध्यक्ष सिबी गहतराजले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको पालादेखि क्रिसमसका अवसरमा राष्ट्रिय बिदा दिइँदै आएको अवगत गराउनुभयो ।