आर्थिक

युवाहरुलाई स्वदेशमा नै रोजगारीका लागि पहल गर्नुपर्ने मन्त्री जोशीको भनाई

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नयाँ रोजगारी सृजना गर्नु अहिले मूलुकको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।

उद्योग मन्त्रालय अन्तरगतको उद्यमशीलता विकास कार्यक्रममा सघाई रहेका नेपाल स्थित राष्ट्रिय एवं अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधिहरु सँगको मंगलबारको उद्योग मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री जोशीले थप रोजगारी सृजनाका लागि साम्हिक प्रयास फलदायी हुने भएकाले छलफल कार्यक्रमको आयोजना गरिएको बताए ।

नेपालको गरिवी निवारण र रोजगारी सृजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाहरुको महत्वपूर्ण योगदान रहेको भन्दै मन्त्री जोशीले मूलुकका लागि महत्वपूर्ण युवा जनशक्तिलाई रोजगारीको खोजिमा विदेश जानुपर्ने वाध्यताको अन्त्य गर्न आवश्यक रहेको बिचार ब्यक्त गरेका छन् ।

उद्यमशीलता विकासलाई प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको भन्दै उहाँले उद्योग मन्त्रालयले प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक Motivator केन्द्र स्थापना गर्न लागिएको समेत कार्यक्रममा खुलासा गरे । सो अवसरमा उद्योग राज्यमन्त्री कञ्चन बादे श्रेष्ठले स्थानिय श्रोत साधनमा आधारित लघु उद्योगहरुलाई प्रवद्र्धन गर्दै जान जरुरी रहेको बताएका थिए ।

उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोईरालाले संचालित कार्यक्रमहरुलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्धेश्यले छलफल कार्यक्रमको आयोजना गरिएको स्पष्ट पारेका थिए । कार्यक्रममा मन्त्रालयका सहसचिव याम कुमारी खतिवडाले गरिबी निवारणका लघु उद्यम विकास कार्यक्रम प्रभावकारी देखिएको अनुभब सुनाएकी थिईन् ।

कार्यक्रममा सहभागी राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाका प्रतिनिधिहरुले वर्तमानमा संचालित सीपमूलक तालिमलाई स्थानिय आवश्यकता अनुरुप परिमार्जन गर्न आवश्यक देखिएको बताए । लघु उद्यमीको उत्पादन विक्री गर्न मूल्य अभिवृद्धि कर (भ्याट) विल नचाहिने व्यवस्था गर्न उपयुक्त रहेको छलफलमा उपस्थितहरुको सुझाव रहेको थियो ।

कार्यक्रमबीच समन्वय नहुँदा कार्यक्रमहरु प्रभावकारी हुन नसकेको भन्दै वक्ताहरुले जिल्ला जिल्लामा गैह्र सरकारी संस्थाहरु मार्पmत परिचालित हुने सानो सानो पूँजीलाई एकिकृत गरी बास्केट फण्ड बनाएर परिचालन गर्न सके त्यसले प्रभावकारी परिणाम निकाल्ने बिचार ब्यक्त गरेका थिए ।