पु.समाचार

साँझबाट सल्किएको आगो अझै नियन्त्रण हुन सकेन, प्रहरीले माग्यो थप सहायता

‘१ को अवस्था गम्भिर केहि घाईते’

सुर्यखबर सम्बाददाता, 

सुनसरी । सुनसरीको वा वडा नं ४ स्थित हनुमान्त पोलिप्याक फर्म कारखानामा सभा ६ बजे आगलागि भएर पूर्ण रुपमा जलेको छ । आगलागिबा ३ जना गम्भिर घाईते भएका र एक जनाको अवस्था चिन्ताजनक छ, केहि घाईतेलाई स्थानीय अस्पतालमा उपचार गरिरहिएको छ भने केहिलाई बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । उपचारको आगलागि नियन्त्रणका लागि नेपाल प्रहरी लगायतले प्रयास गरिरहेको बताईएको छ ।
दमकलहरु धरान, ईटहरी र बिराटनगर, बिर्तामोड, लाहान, दमक बाट आगलागि नियन्त्रणका लागि प्रयोग भईरहेपनि आगलागि नियन्त्रण हुन सकेको छैन ।
प्रत्यक्षदर्शी श्याम पोख्रेलका अनुसार केहि मानिसहरु एकाएक भागाभाग भएको थियो, अझैं धेरै क्षति हुने आशंका छ ।
दुहबीप्रहरी अधिकृत शिब कुमार पोख्रेलका अनुसार आगलागि उद्योगका लागि आवश्यक केमिकल र गयंसका कारण भएको भनिएको छ, सबै निकाय आगलागि नियन्त्रणका लागि लागिरेको अवस्था छ, आगलागि नियन्त्रणका लागि दमकल लगायत अन्य क्षेत्रबाट आउने क्रम जारी छ ।

उनले आगलागि नियन्त्रण गर्न समस्या भएको भन्दै माथीबाट थप सहयोगको समेत अपेक्षा राखेका छन् ।