पु.समाचार

१२ बुंदे सम्झौतापछिमात्र डा.केसीले जुस पिएर अनशन तोडे

सुर्यखबर सम्बाददता, 

काठ्माण्डौ । २२ दिनबाट आमरण अनशनमा बसेका डा. गोबिन्द केसीले अनशन तोडेका छन् । १२ बुँदे समझदारीपछि स्वास्थ्य अवस्था ज्यादै कमजोर भएका प्रा.डा. गोबिन्द केसीले आईतबार जुस पीएर अनशन तोडेका छन् ।

त्रिभूबन बिश्वबिद्यालयका उपकुलपति तिर्थ खानीयाँ लागयत त्रिबि पदाधिकारीहरुको योग्यता, क्षमता र अनियमितता लगायत १२ बुंदेमा हस्ताक्षर गरेपछि मात्र डा. केसीले जुस पिएर अनशन तोडेको केसीका सहयोगी डा. अभिषेक सिंहले बताएका छन् ।

लोकमानसिंह कार्कीको निलम्बनको माग गर्दै त कहिले बरिष्ठलाई डीन नियुक्ती गर्नुपर्ने माग गर्दै त कहिले स्वास्थ्य क्षेत्रको अनियमितता हटाउनुपर्ने माग गर्दै शिक्षण अस्पतालका डिन प्रा.डा. गोबिन्द केसी पटक पटक अनशन बसिरहेका छन् ।

सरकार सहमति गर्ने तर कार्यान्वयन नगेर्ने हुंदा केसी पुनः अनशन बस्न बँधय भएका छन् ।