खेलकुद

फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता सुरु

काठमाण्डौ । सेन्ट जेभियर स्कुल गोदावरीको आयोजनामा ‘कम टुगेदर एन्ड प्ले टुगेदर’ भन्ने नारका साथ २१ औं फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । पहिलो खेलमा नेपाल डन बस्को स्कुलले ज्वालादेवी विद्या मन्दिरलाई ३ –१ गोल अन्तरले पराजित ग¥यो ।

डनबस्कोको लागि म्यान अफ द म्याच मिचेल तामाङ्गले २ र शाहिल महर्जनले १ गोल गरे । यस्तै ज्वालादेवीको लागि एकमात्र गोल रोनिश थापामगरले गरे । सेन्ट जेभियर जावलाखेल र एनके सिंह मेमोरियल स्कुलबीच भएको खेलमा जेभियरले ११–० विशाल गोल अन्तरले एनकेलाई पराजित ग¥यो ।

जेभियरका निशात थापामगरले १० गोल गरे भने स्पर्शजंग पाण्डेले एक गोल गरे । निशात प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए ।
यस्तै, तेश्रो खेलमा सेन्ट जेभियर गोदावरीले डल्फिन स्कुललाई ६–० गोल अन्तरले पराजित ग¥यो । जेभियरका लागि सुप्रिम सिलवाल, विमल थापामगर, सनसुङ्ग बुढा, अरियन महर्जनले १÷१ गोल गरे भने निश्चल महर्जनले २ गोल गरे ।

फादर अरुल सेलभेन सुपेरियर र प्रिन्सिपल फादर स्यामुयल सिमिकले रेफ्रीलाई बल प्रदान गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।