आर्थिक

रुकुमकोटमा खुल्यो प्रभु बैंकको नयाँ शाखा

काठमाण्डौ । नेपालका प्रतिष्ठित बैंकहरुमध्येमा चिनिने प्रभु बैंकले रुकुम जिल्लाको रुकुमकोट गाविसमा आफ्नो नयाँ शाखा खोलेको छ । बैंकले यूके एइड सक्षमको सहकार्यमा नयाँ शाखा खोलेको हो ।

शुक्रबार भूपू आपूर्तिमन्त्री गणेशमान पुनले सो शाखाको समुद्घाटन गरे । रुकुमकोटमा बैंकको शाखा विस्तार भएपछि उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्ने भएको भन्दै स्थानीय बासिन्दाहरु उत्साहित भएका छन् ।