पु.समाचार

लोकमानविरुद्ध खनिने सञ्चालकविरुद्ध कार्वाहीको तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकविरुद्ध उर्जा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ । उर्जा सचिव अनुपकुमार उपाध्यायका अनुसार प्राधिकरणका सञ्चालक लक्ष्मणप्रसाद अग्रवाल,मनोजकुमार मिश्र र सुरज लामिछानेलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

चित्तबुझ्दो जबाफ नदिएमा उनीहरुलाई मन्त्रालयले हटाउन सक्नेछ । उपाध्यायले भने, ‘मन्त्रालयले तीन सञ्चालकलाई सातदिने म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।’ उर्जा सचिव प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुन्छन् । यसअघि उर्जामन्त्री जनार्दन शर्माले उनीहरुलाई तुरुन्त स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।

शर्माले सचिव उपाध्यायसहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए । शनिबारको नागरिक दैनिकमा समाचार छ ।