पु.समाचार

एघार वर्षअघि भारतसँग भएको यो सम्झौता सम्झेर पछुतो माने बाबुरामले

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईले ११ वर्षअघि सात दल र माओवादीबीच नयाँदिल्लीमा भएको १२ बुँदे सम्झौता मुलुकको अग्रगमनका लागि दुर्भाग्यपुर्ण रहेका बताएका छन् ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भने,‘२०६२ मंसिर ७ गते दिल्लीमा भएको १२ बुँदे सम्झौता मुलुकको अग्रगमनका लागि दुर्भाग्यपुर्ण हो ।’

पुर्व सांस्द विजय पौडेलको सम्पादकत्वमा प्रकाशित ‘नेपाल –सम्बन्ध विगत,वर्तमान र भविष्य’विषयक पुस्तक विमोचन समारोहमा उनले भने,‘विदेशी भुमिमा १२ बुँदे भएकाले मुलुक अहिले अकल्पनीय कठिन अवस्थामा गुज्रदैछ ।’

मुलुकको अग्रगमनका लागि राजनीतिक दलहरुबीच नेपाल–भारत सम्बन्धमा समान धारणा बन्नुपर्नेमा डा।भट्टराईले जोड दिए डा.भट्टराईलाई उद्धृत गर्दे पौडेलले भने,‘१२ बुँदे सहमति दिल्लीमा हुनु नै नेपाली राजनीतिमा भारतीय हस्तक्षेप बढाउने कारण हो ।

१२ बुँदे विदेशी भुमिमा नभएर नेपालमै हुनुपथ्र्यो ।’ शनिबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।