राजनीति

मुलुकको दुर्दसा आउनुमा ठूला पर्टीहरुले जिम्मेवारी लिनुपर्ने कमल थापाको बिश्लेषण

सुर्यखबर सम्बाददाता, 

भरतपूर । राप्रपाका अध्यक्ष कमल थापाले ठूला पार्टीले देश राम्रोसँग चलाउन नसकेका कारण नेपाल र नेपाली जनताको बिचल्ली हुने अवस्था आउन लागेको बताएका छन् । बर्तमान परिस्थितिमा एकमधेश भन्दै बिस्तारै देश नै टुक्राउने अभियानमा केहि शक्तीहरु लागेको आरोप लगाएका छन् ।
राप्रपा र राप्रपा नेपालको एकीकरण भएपछिको पहिलो ठूलो कार्यक्रममा ठूला दलहरुप्रति आक्रमक रुपमा प्रश्तुत भएका नेता थापाले अहिले जस्तो देश नै टुक्राउने अभिब्यक्ती बिगतमा कहिल्यै नआएको जिकिर गरेका छन् । स्वतन्त्र मधेसको नाममा केहि शक्तीहरु देश नै टुक्राउन लागिपरेका छन्, त्यो उनिहरुको अभियानलाई नेपाली जनताले निश्तेज गर्नेछन्, राप्रपा अध्यक्ष थापाको भनाई थियो ।

ठूलापर्टीहरुले दुर्गतीतिर फसाउदै गएको बर्तमान अवस्थालाई निकास दिन राप्रपा एकीकरण भएको जिकिर गर्दै, मुलुकको यो अवस्था आउनुमा ठूला पार्टीहरु नै जिम्मेवार हुनुपर्ने उनको तर्क थियो । कार्यकर्ताहरुसंग बोल्दै, अरु धर्मलाई सम्मान गर्दै नेपाललाई हिन्दू धर्म संबिधानमा नै राख्नुपर्ने थापाको बिचार थियो ।

देश टुक्राउने ससाना शक्तीहरु लागेपनि यी ठूला बिखण्डनकारी हुने सम्भाबना भएकोले बेलैमा सचेत हुनुपर्ने बेला आएको नेता थापाको आशंका थियो ।

भूमिसुधार मन्त्री समेत रहेका राप्रपा नेता बिक्रम पाण्डेले समेत सबै नेपाली जनता मुलुक हितका लागि सचेत रहनुपर्ने बताएका थिए ।