काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका केही सञ्चालकहरु र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको छ । काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरुले संगठित रुपमै अभियान चलाएका छन् ।
सञ्चालकहरु भने घिसिङले आफूखुसी निर्णय गरेको भन्दै उनको मनोबल गिराउन लागिपरेका छन् । घिसिङमाथि अवरोधको प्रयास गर्ने सञ्चालकमा लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने छन् ।
गत तिहारदेखि काठमाडौं उपत्यकालाई लोडसेडिङमुत्त, र उपत्यकाबाहिर पनि लोडसेडिङ घटाएर चर्चा कमाएका घिसिङ यसलाई निरन्तरता दिने अभियानमा जुटिरहेका छन् । शुक्रबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।