राजनीति

धरान उपमहानगर कार्यसमितिले पार्टी सभापति देउवालाई ज्ञापनपत्र बुझाउने

धरान– सुनसरी कांग्रेस अन्तर्गतको धरान उपमहानगर कार्यसमितिले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई जिल्लाको समसामायिक विकास कार्यक्रमका माग राख्दै ज्ञापनपत्र बुझाउने भएको छ । जिल्लाको संघीय संरचनाको सवाललाई समेत समेटेर कार्यसमितिले ज्ञापनत्रप बुझाउन लागेको हो ।

ज्ञापनपत्रमा संघीय संरचनामा धरानलाई १ नम्बर प्रदेशमा राखिनुपर्ने, जिल्लाको बसपार्क, एयरपोर्ट, कोशीराजमार्ग लगायतका विषय समेत समेटिएको कार्यसमितिद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । शुक्रबार धरान उपमहानगर कार्यसमितिको नगरभेला हुँदैछ ।