आर्थिक

अछाममा खुल्यो प्रभु बैंकको नयाँ शाखा

काठमाण्डौ । नेपालका प्रतिष्ठित बैंकहरुमध्येमा चिनिे प्रभु बैंकले अछाम जिल्लाको कमलबजार नगरपालिकामा आफ्नो नयाँ शाखा खोलेको छ । बैंकले यूके एइड सक्षमको सहकार्यमा नयाँ शाखा खोलेको हो ।

prabhu

बिहीबार नेपाल राष्ट्र बैंक धनगढीका मुख्य व्यवस्थापक विश्रुत थापाले सो शाखाको समुद्घाटन गरे । अछाममा बैंकको शाखा विस्तार भएपछि उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्ने भएको भन्दै स्थानीय बासिन्दाहरु उत्साहित भएका छन् ।