विशेष

यो हो करोडौ रुपैयाँसँग जोडिएको प्रचण्डको नयाँ कथा !

-दिपक घिमिरे

समानता र सर्वहाराको लागि भन्दै देशमा युद्ध शुरु भयो । मर्ने या मार्ने खेलमा लागेका योद्धा या तिनका नेतालाई सम्पूर्ण नेपालीले साथ दिए । कारण थियो नेपाली जनता समानता चाहन्थे । धनी अझ धनी बन्दै जाने र गरिब झन गरि बन्दै जाने अवस्थालाई चिरेर सबै लाई समान हक दिलाउने र सर्वहारा वर्गको सत्तामा पहुँच पु¥याउने महान लक्ष्यका साथ शुरु भएको जनयुद्ध दश वर्ष टिक्यो । दश वर्ष टिकेको हिंसात्मक जनयुद्धले लाखौं नेपाली जनतालाई विस्थापित गर्यो, हजारौंलाई अंगभंग बनायो, सम्पति लुटियो, सत्र हजार नागरिकको ज्यान लियो अनि नेपाल केही शान्त भयो । सशस्त्र क्रान्तिबाट शान्त बनेको नेपालले जनयुद्ध शुरु गरे । को माओवादीलाई देश विकासको जिम्मेवारी दियो, संसदमा प्रतिनिधित्व गर्न सबैभन्दा ठूलो दल बनाएर । जनतामा आशा थियो, देशका लागि माओवादीले केही गर्लाकि भन्ने ।

जब माओवादीले सत्ताको स्वाद चाख्न थाले, त्यसलगत्तै शुरु भयो माओवादी पतन । धनीलाई सामन्ती र गरिबलाई सर्वहाराको सूचीमा राखेका माओवादी केन्द्रीय सत्तामा पहुँचसँगै नवसामन्तवादको सूचीमा आफैलाई सूचीकृत गर्न पुगे । अनि शुरु भयो माओवादीभित्र टुट–फुट अनि गुटबन्दीको राजनीति, फुटेर टुक्रा–टुक्रा भएका छन् अहिले । जतिनै टुट–फुट भएपनि एउटा समूह थियो माओवादी समर्थकहरुका,े जो प्रचण्ड र संस्थापन पक्षको कहिल्यै विरोधी भएन ।

सत्तामा पहुँचसँगै विरोधी दलहरुले आरोप प्रत्यारोप लगाउने चलन पुरानै भएपनि प्रचण्ड एण्ड कम्पनीको खुले र विरोध गर्न फुटे र गएका माओवादीले समेत सकेनन् । कारण माओवादीको लक्ष एउटै थियो– सर्वहारावादीको सत्तामा पहुुँच । पहिलो संविधानसभा चुनावले देशकै पहिलो पार्टी बनाएको माओवादी पार्टी दोस्रो संविधानसभा चुनावसम्म आइपुग्दा तेस्रोमा समेत टिन बाध्य भयो । आन्तरिक कलह र जनतामा नैराश्यता नै मुख्य कारण थिए तेस्रो हुनुमा । तर पनि युद्धमा प्रत्यक्ष सामेल अनि युद्धकालका सहयो गीहरु माओवादीको भलो नै चाहे । आशा थियो माओवादीले देश विकासमा जोड दिन्छ । जनतामा अलिकति नैराश्यता त्यतिबेला आयो जतिबेला सत्ताको बागडो र सम्हाल्ने निहुँमा एमाले सँगको सत्ता साझेदारी तो डियो । अनि शुरु भयो प्रचण्ड एण्ड कम्पनीको पतन । माओवादीको सांगठनिक पतनले प्रचण्डलाई खास्सै असर गर्दैनथ्यो ।

dipak-ghimire

किनकि आजको नेपालमा प्रचण्डनै मुख्य राजनीतिक खेलाडी हुन् । उनी जता लम्किन्छन् उतै राजनीतिक हरियाली छाउँछ । तर यतिबेला उनी लम्किएको बाटो ले माओवादीलाई भन्दा पनि प्रचण्ड एण्ड कम्पनीलाई पतनतिर डो¥यायो । सत्ता साझेदारीको रुपमा कांग्रेसलाई अंगाल्नु अनि युद्धकालमा सबैभन्दा ठूलो दुश्मन भने र घोषित भारतसँग लम्पसार परेर झुक्नुनै प्रचण्ड एण्ड कम्पनीको मुख्य गल्ती भेटिए । जनताको नजरमा लम्पसारवादी नेताको नाममा प्रचण्ड उदय हुनुनै नयाँ नेपाल निर्माणको बाटो छेकिनु जस्तै भयो । प्रचण्ड सरकारको पालामा भारतसँग भएका या हुन लागेका नयाँ सन्धि सम्झौताहरु अन्तिम विकल्प या जायज होलान् त्यसमा औंला उठाउने हैसियत म राख्दिन । तर केही त्यस्ता नीति नियम प्रचण्डको पालामा भए जसको कारण म आफू माओवादी समर्थक र प्रचण्डको ठूलो फ्यान नै भए पनि बिरोध गर्न मन लाग्यो । सामाजिक सञ्जालमा प्रचण्डको व्यापक बिरोध हुन्छ ।

कहिले छोरा प्रकाशको कारणले, त कहिले प्रचण्डका निजी धारणाले । म ती कुरामा पनि ध्यान दिन्न । मलाई लाग्छ प्रचण्डका ती पारिवारिक झमेला हुन् । ती कोट्याएर देशकै प्रमुखमाथि लाल्छना लगाउनु ठीक होइन । उनका व्यक्तिगत धारणा तनावको उपज पनि हुन सक्छन् । मुखको छुचो राम्रो । मनको छुचो पापी भन्ने नेपाली बुझाइ हाम्रो समाजमा ब्याप्त छ । त्यही सोच्दै प्रचण्डका हजार अभिव्यक्तिलाई माफी दिए हामीहरुले । प्रचण्ड सरकारको पालामा अस्ति सांसदहरुको तलब भत्ता बढाउने निर्णयले गर्दा म आफूलाई प्रचण्डको डाइहार्ट फ्यान अनि पुरानो माओवादी समर्थक भन्न पनि लाज लाग्यो ।

धनीलाई सामन्तीको आरोप लगाएर चन्दा असुलेका हातले अहिले आफै लाखौं रुपैया बुझ्दा किन शरम् मान्दै नन् प्रधानमन्त्री समेत रहेका प्रचण्ड एण्ड कम्पनीका कार्यकर्ताहरु ? किन सोच्दै नन् हामी सर्वहारावादी हांै भन्ने ? सामूहिक बास र सामूहिक खेती किसानी भन्दै गाउँ–गाउँमा कम्युनिष्ट प्रथास्थापना खेतीका तिनै माओवादी नेता लाखौं तलब भत्ता बुझ्दा आफूलाई त्यो स्थानमा पु¥याउने घाइते, अपाङ्ग अनि बेपत्ता परिवार लाई किन सम्झदै नन् ? केन्द्रीय सत्ता कब्जा पछाडि देशले काँचुली फेर्ने, सिंगापुर र स्वीटजरल्याण्डको सपना देखाउने प्रचण्डलाई तलब भत्ताले नपुगे र हो यस्तो निर्णय गरे को ? कि सत्ता टिकाउन अरुको निर्णयमा हात उठाएको मात्र हो ? नौ महिनापछि सत्ता त एक दिन पनि टिक्ने होइन, यो बेला देश र जनताको लागि गरिने निर्णयले फेरि माओवादी देशकै एक नम्बर बनाउन सकिन्छ भन्ने कुरा प्रचण्डले भुले कै हुन् त ? यी र यस्तै प्रश्न मनमा खेलिरहन्छन् ।

आखिर किन बढाइयो सांसदको तलब भत्ता ? कुनचाहि नेताको हैसियत हो लाखौं रुपैयाँ राज्य कोषबाट तलब भत्ताको रुपमा बुझ्ने ? चप्पल लगाउने हैसियत नभएकालाई जनताले चुनेर पठाएका हुन् । लाखौं कुम्ल्याएर पारिवारिक विकास गर्लान् भनेर होइन, देश विकासमा जोड देलान् भने र हो । तर ठीक उल्टो भयो । देश लथालिङ्ग अबस्थामा भएको बेला बाँडे र खाउँ भन्दै माओवादीसमेत सबै सांसद मिले । अरुलाई मेरो प्रश्न हो इन, मात्र प्रचण्डलाई । खै समानताको नारा ? खै प्रचण्डपथले सिकाएको बाटो ? खै सर्वहारावादीको सत्तामा पहुँच ? खै घाइते अपाङ्ग अनि अयोग्य लडाकूको उचित व्यवस्थापन ? खै तिम्रा युद्धकालीन सपना ? हामी कार्यकर्ताहरु प्रचण्डलाई अभिभावककै रुपमा मान्थ्यौें । तर उनले सत्ता सम्हालेकै समयमा नकारात्मक निर्णय हुनुले अब देशद्रोही देख्न थालिसकका छौें ।

जंगलमा बसेर गरिबका घरमा सिन्की र आटो खाएका प्रचण्ड एण्ड कम्पनीका मान्छेहरु महलमा बस्न थाले । शहरमा बसाइ सरे । त्यो हाम्रो चासोको विषय होइन । किनभने सत्ता चलाउन जंगलमै बस भन्ने कुरा होइन । अब मासु भात नखाऊ भन्ने हैसियत पनि छैन । तर हिजो आफै ले ब्ल्याक लिस्टमा राखे का मान्छेसंग साँठगाँठ अनि धनीलाई झन धनी बनाउने प्रचण्डको कदमलाई हामी उनका समर्थकले पनि साथ दिन सक्दैनौ । सांसदको तलब भत्ता बढाउने निर्णय किन गरि यो प्रचण्डज्यू ?

अरुले बढाउन माग गर्दा हजुर को टिमले किन विरोध गरेन ? किन हुन्छन् यस्ता गलत निर्णय हजुर कै पालामा ? राजनीति कमाउनका लागि हो या देश बनाउनका लागि ? जनताको घरमा पाकेको मीठो नमिठो खाएर, आफ्नो सम्पत्ति पार्टीलाई बुझाएर शुरु गरेको तपाईंहरुको राजनीति के नाटक मात्रै थियो त ? हो इन भने हामी बढे को तलब लिन सक्दैनौ बरु अझ घटाउँदा हुन्छ भनेर भन्न किन सक्नुभएन ? प्रचण्डज्यूहरुलाई सम्पत्ति चाहिएकै हो ? चाहिएकै हो भने सर्वहारावादी ने ताको बिल्ला किन भिरेर हिँडनुहुन्छ ? अरुसँग मतलब भएन हामी माओवादी समर्थकहरुलाई जवाफ चाहियो । प्रचण्डज्यू, अझै सम्पत्तिले पुगेन ?