खेलकुद

विश्व खेलकुद इतिहासमानै एक भीषण विमान दुर्घटना

एजेन्सी-ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ । खेलको इतिहासमा नै यो भीषण घटना रूपमा लिइएको छ ।

यसअघि भएका विमान दुर्घटनामा यति घेरै सङ्ख्या खेलाडी मारिएका तथ्याङ्क हालसम्म प्राप्त भएको छैन ।

फुटबल खेलाडीहरूको टोली लिएर चार्टरगरी गइरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको भन्दै एएफपीले समाचार लेखेको छ ।

यद्यपि दुर्घटनाग्रस्त यस विमानबाट उद्धारकर्ताहरूको टोलीले छ व्यक्तिलाई जीवितै उद्धार गरेको कोलम्बियाली अधिकारीकर्ताहरूले जानकारी दिएका छन् ।