राजनीति

एमालेले संबिधान संसोधन बिरुद्ध संसद अबरुद्ध पार्ने, संसदमा कुटाकुट हुने संकेत !

सुर्यखबर सम्बाददाता,
काठ्माण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संबिधान संसोधन बिधेयक पास गर्न नदिने आफ्नो रणनीति अनुसार बुधबारको संसदीय दलको बैठकले पहिलो चरणमा संसद अबरुद्ध गरेर उक्त ५ नंम्बर प्रदेशलाई टुक्राउने बिधेयकलाई फेल गराउने निर्णय गेको छ ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकमा एमाले उपाध्यक्ष बामदेब गौगमले संसदमा सशक्त ढंगले संबिधान संसोधनका बिरुद्ध आवाज उठाउन सांसदहरुलाई निर्देशन निर्देशन दिए । अबरोध शालीन र सभ्य हुने बताउदै श्रोत्र नं. ५ लाई बिभाजन गर्ने कार्य दीर्घकालीन उद्देश्यबाट आई पाहाड र हिमाललाई छुट्याउने भएकेले एमालेलाई कुनैपनि हालतमा मान्य नहुने बताएक छन् ।

एमोले प्रमुख सचेतक भानुभक्त ढकालले कुनैपनि हालतमा उपस्थित हुन एमाले सांसदहरुलाई ह्विप जारी गरेका छन् । पूर्ब सभामुख समेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसोधन प्रस्तावको उद्देश्य नेपाललाई बहु राष्ट्रिय राज्य सावित गर्ने उद्देश्यले आएकाले एमालेसंग यसको पारित हुन नदिनुको बिकल्प नभएको बताएका थिए ।

आजको बैठकमा एमाले अध्यक्ष एबम् संसदीय दलका नेता केपी शर्मा ओलीको भने उपस्थिति थिएन ।