पु.समाचार

संबिधान संसोधनका बिरुद्धमा चक्काजाम लागायतका आन्दोलन शुरु, यातायात ठप्प

सुर्यखबर सम्बाददाता,
बुटवल । ५ नं प्रदेसलाई टुक्राउने प्रस्ताब सहित मंगलबार सरकारद्वारा दर्ता गरिएको संबिधान संसोधनको प्रस्ताबका बिरुद्ध बुटबलमा स्वतस्फुर्त आन्दोलन शुरु भएको छ ।
एमाले भातृसंगठन अनेरास्ववियूको अगुवाईमा शुरु भएको उक्त बिरोध आन्दोलनमा ब्यापक जनसहभागित बढिरहेको छ ।
आन्दोलनका काराण सवारी साधन ठप्प छन् । आन्दोलनमा प्रमुख प्रतिपक्षी दल एमालेमात्र नभएर सरकार घटक दलहरु कांग्रेस र माओबादी केन्द्रका कार्यकर्ताहरुको समेत आन्दोलनमा उल्लेख्य सहभागित रहेको छ ।

आन्दोलनकनरीहरुले अनिश्चितकाली चक्काजाम गर्ने भन्दै आएका छन् ।पाँच नम्बर प्रदेश टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाहिँदैन , हिमाल(पहाड(तराई कोही छैन भन्नेजस्ता राष्ट्रियताका नाराहरु आन्दोलनकारीहरुले लगाइरहेका छन् ।

आठौं प्रदेश बनाउने प्रस्ताबको बिरोध गर्दै ५ प्रदेशका पहाडी जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान र ६ नम्बर प्रदेशका रुकुम, दैलेख, सल्यानलाई छुटाउने पैस्ताब अबिलम्ब फिर्ता गर्न समेत नारा लगाईएको छ ।

पांच नं.प्रदेसलाई तराईबाटअलगल गराए देश टुक्रिनेतर्फ ध्यान दिनुपर्ने हुदा उक्तकुराको बिचार गर्न भनिएको छ ।

मुख्य शहर बुटबलमात्र नभएर पांच नं. प्रदेशका अन्य जिल्लाहरुमा समेत आन्दोलन भईरहेको र आन्दोलनका कारण यातायात प्रभाबित भएका समाचारहरु आईरहेका छन् ।