पु.समाचार

संबिधान संसोधनका बिरुद्धमा सरकार घटक नेताहरुकै बिरोध, एमालेले सडक र संसदबाट प्रतिबाद गर्ने

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । सरकारले मंगलबार सांझ दर्ता गरेको संबिधान संसोधन प्रस्ताबको प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले कडा बिरोध गर्ने घोषणा गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद र जनस्तरबाट संबिधानसंसोधनको प्रतिबाद गरिने बताएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो दलको प्रतिबादले संसदमा दर्ता भएको संबिधान संसोधन बिधेयक पास हुन गाह्रो हुने बिश्लेशकहरु बताउछन् ।

एमालेको भातृसंगठन अनेराश्ववियू र युवासंघले काठ्माण्डौमा बिरोध रुवरुप काठ्माण्डौमा बुधबार अपरान्ह काठमाण्डौ लागयतका स्थानमा बिरोध जननाईरहेका छन् ।

मूख्य बिादमा रहेको ५ नं. प्रदेश नेपाली काँग्रेस, माओबादी केन्द्रका उक्त प्रदेशका सांसदहरुको अुहमति रहेको सरकारले दर्ता गरेको प्रदेश टुक्राउने प्रस्ताबको सर्बत्र बिरोध भईरहेको छ ।

सामाजिक संजालमा प्रदेश टुक्राउने प्रत्येका ब्यक्तीले बिरोध जनाईरहेका छन् । यो बिरोधको सामना गर्ने क्षमता सरकारसंग नरहेको नेतापली कााग्रेसका नेता चन्द्र भण्डारीले बताए ।

कांग्रेस नेतृ पुष्पा भुषाल, माओबादी केन्द्रका नेता टोबहादुर रायमाझीले नेतृत्व गरेर कुनै हालतमा पांच नं. प्रदेश टुक्राउन नदिने बताउदै आएका छन् ।