खेलकुद

अरुणीमा टेबलटेनिस कप हुने

काठमाडौं। अरुणीमा सेकेन्डरी इङलिस स्कुलको आयोजनामा अरुणीमा कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता मंसिर २५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा यु–१२, यु–१४ र यु–१६ ब्वाइज/गल्र्स सिंगल्स, ब्वाइज/गल्र्स टिम र डबल्स तथा मिक्स डबल्समा प्रतिस्पर्धा हुने अरुणीमाका टेबलटेनिस प्रशिक्षक अमिरमान मालाकारले जनाएका छन् ।
तीनदिने प्रतियोगिताका खेलहरु बालाजुस्थित आयोजक अरुणीमाको हातामा हुनेछ । खेलाडीले प्राप्त गरेको पदकलाई अंक प्रदान गरी टिम च्याम्पियनको घोषणा गरिने छ ।