पु.समाचार

हेर्नुहोस्,गगन थापाले करोडौं नेपालीलाई आह्वान गर्दै राखेको यो महत्वपूर्ण सन्देश

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगन थापा नेपालीहरुलाई परिचय गराइरहनुपर्ने नाम होइन, नेपाली राजनीतिक रंगमञ्चका एक शसक्त र लोकप्रिय युवा नेता हुन् । जसले पछिल्लो नेपाली राजनीतिक अवस्थामा युवा राजनीतिज्ञहहरुको मात्र नेतृत्व गर्दैनन,एउटा शसक्त र विकासप्रेमले ओतप्रोत भएको विचारको समेत कमाण्ड गरिरहेका छन् । पूराना पिंढीका राजनीतिक नेताहरुबाट वाक्क दिक्क भएका नेपालीहरुमा गगन थापाहरुले एउटा आशा दिएका छन् ।

जसलाई नेपाली समाजले आशाको दियोको रुपमा हेरिरहेको छ । युवा नेता थापा अहिले नेपाल सरकारको नेतृत्वमा छन् । जसले गर्न सक्ने धेरै कामहरु छन् । उनले गर्ने र गरेका कामहरुको समिक्षा त भोलीका दिनमा हुन्छ नै, तर उनले यसअघि गरेका र नेपाली समाजलाई त्यस्ता कामहरु गर्न प्रेरित गरेका थुप्रै उदाहरणहरु भेटिन्छन् । त्यसैले पनि गगनलाई नेपाली समाजले आशालाग्दो युवा नेताको रुपमा पत्याएको छ ।

gagan-thpa-1

यसै प्रसंगमा स्वास्थ्य मन्त्री गगन थापाले गरेका काम र आव्हान गरेका प्रसंगहरुलाई हामीले यहाँ समेट्ने प्रयास गरेका छौ । कांग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगन थापाले भर्खरै आफ्नो फेसबुक स्टाटस्मा ४ वटा भिडियोहरु अपलोड गरेका छन् । झट्ट विज्ञापन गरे जस्ता देखिने ती भिडियोहरु आफैमा महत्वपूर्ण रहेका छन् । पछिल्ला वर्ष नेपालीहरुले भोग्नु परेका पीडाका कथाहरुलाई सम्बोधन गर्दै उनले जीवनमा आइपर्ने संघर्षहरुसँग नडराउन आह्वान गरेका छन् ।

gagan-thapa-2

गत २०७२ साल वैशाख १२ मा गएको महाभूकम्प, त्यसअघि र पछि गएका बाढी पहिरो र अन्य प्राकृतिक विपत्तिबाट थंगथिलो भएको नेपाली समाजलाई उनले धैर्य रहन आव्हान मात्र गरेका छैनन् । आफु र आफ्नो नेतृत्वमा गरेका सहयोगका दृष्यहरुलाई समेत त्यहाँ देखाइएको छ । उनले महाभूकम्पबाट ध्वस्त भएको काठमाण्डौ उपत्यका लगायतका जनतालाई आफुलाई आपत पर्दा सहयोगका हात अघि बढाउने मधेसी जनतालाई पनि काठमाण्डौले सहयोग गर्न आग्रह गरेका सम्बोधनका दृष्यहरु त्यहाँ देखिन्छन् ।

gagan-thapa-3

गत वर्षामा गएका ठूला–ठूला बाढी र पहिरोको प्रकोपमा परेका पीडित बस्तीहरुलाई कसरी मल्हम पट्टी लगाइयो र भोली आउने यस्ता विपत्तिहरुमा सबै नेपालीहरुलाई एक हुन समेत गगनले आह्वान गरेका छन् । वास्तवमा यी भिडियोहरु मन्त्री थापाले सामाजिक सञ्जालकै लागि अपलोड गरेका हुन सक्छन् किनभने उनले गरेका यी आह्वानले भोली आइपर्ने विपत्तिबाट लाखौं नेपालीको ज्यान जोगिन सक्छ । उनले ४ वटा भिडियोहरु अपलोड गरेपनि हामीले यहाँ एउटा भिडियोलाई प्रस्तुत गरेका छौ, जहाँ हामीले थापाको भिडियोसहितको फेसबुक पेजको लिंक प्रस्तुत गरेका छौ । हामीले भिडियोहरुमा देखाइएको केही तस्वीरहरुलाई पनि प्रस्तुत गरेका छौ । भिडियो खोल्न फेसबुक लिंक कपी गरेका खोल्न सक्नुहुन्छ ।