खेलकुद

ज्ञान कार्निभल बिहीबारदेखि सुरु हुँदै

काठमाण्डौ । ज्ञानोदय स्कुलको आयोजनामा २२ औं ज्ञान कार्निभल अन्तर्गत बास्केटबल र फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ ।

विद्यालय खेलकुद प्रतियोगिताको पूरानो मध्येको एक ज्ञान कार्निभल अन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक जयराम अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।  सिनियर फुटबलमा १२ टिमको सहभागिता पक्का भएको ज्ञानोदयका ईसीए इन्चार्ज अनमोल कुलुङले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख खर्च हुने आयोजकले जनाएको छ । साताब्यापी प्रतियोगिताका खेलहरु खोकनास्थित आयोजककै हातामा हुनेछ । बास्केटबलको ब्वाइजमा इनोभेटिभ र गल्र्समा ज्ञानोदय तथा फुटबलमा जेम्स डिफेन्डिङ च्याम्पियन हुन् ।