पु.समाचार

पार्टी एकिकरणपछि संसदीय दलको नेता कमल थापा चुनिनु राजनीतिक रुपमा अर्थपूर्ण

सुर्यखबर संबाददाता,
काठमाडौं । केहिदिन अगाडि एकिकरण भएको राप्रपा र राप्रपा नेपालबाट कमल थापा दलको नेता चुनिएका छन् । अध्यक्ष कमल थापा दलको नेता चयन भएपछि उपनेतामा दिपक बोहेरा निर्बाचित भएका छन् ।
उपप्रधानमन्त्रीमा आईतबार प्रधानमन्त्री पुष्पकमल दाहालले अफर गरेको समाचार आईरहेका बेला राप्रपा एकिकरण हुनु र पूर्ब राजा ज्ञानेन्द्रका बिश्वासपात्र समेत रहेका कमल थापालाई संसदीय दलको नेता निर्बाचित गर्नु राजनीतिक बृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

एकतापछि ३७ सीट भएको राप्रपा फुनः संसदमा प्रतिनिधित्व गर्ने दलहरुमा चौथो नै सावित भएको छ । सीट जति भएपनि पुरानो राप्रपाको एकताले राजनीतिक बल पुग्ने बिश्लेशकहरुले बताएका छन् ।
यसैगरी आज सिंहदरबारमा बसेको बैठकले बिक्रम पाण्डेको संयोजकत्वमा बिधान समिति समेत गठन गरेको छ ।