खेलकुद

सेमिफाइनलमा पुग्यो नासा कलेज

काठमाण्डौ । नासा इन्टरनेसनल कलेज प्रथम रोजबड अन्तरकलेज (प्लस टु) उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

नासाले न्यु समिटलाई ३३–१० ले पराजित ग¥यो । नासाको जितमा अनिशा बस्नेतले २२ अंक योगदान गरिन् । ब्वाइजमा न्यु समिटले कोलम्बसलाई ५६–३१ ले हराउदै क्वाटरफाइनलमा पुग्यो । न्यु समिटका पविन राईले २० अंक जोडे ।

ब्वाइजकै अन्य लिग खेलमा जेभियर इन्टरनेसनल कलेजले नेपालयलाई ७८–२१ तथा बर्नहार्टले रातो बंगलालाई ३४–३० ले पन्छाए । जेभियरका सञ्जय राईले १४ र बर्नहार्टका निश्चलले १८ स्कोर गरे ।

त्यस्तै सीसीआरसीले नोबेल एकेडेमीलाई ५३–१५ ले निराश पा¥यो । सीसीआरसीका अनुप बस्नेतले १३ अंक जोडेका थिए ।