खेलकुद

लनटेनिस टोली मलेसिया प्रस्थान

काठमाण्डौ । शनिबार नेपाली लनटेनिस टोली मलेसिया प्रस्थान गरेको छ । दुई भिन्नाभिन्नै प्रतियोगितामा सहभागी हुन सो टोली मलेसिया प्रस्थान गरेको हो । भिन्नाभिन्नै रुपमा हुने ती प्रतियोगिताहरुमा शुभाङ्गीलक्ष्मी शाह, सक्षमविक्रम शाह, आईशा डोल्कर गुरुङ र अजा रेग्मीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

नोभेम्बर २८ देखि डिसेम्बर २ तारिखसम्म हुने जेन्टिङ सेलङगोर अन्तर्राष्ट्रिय जुनियर खुला टेनिस च्याम्पियनसिप तथा डिसेम्बर ३ देखि ७ तारिखसम्म हुने पर्लिस मिलो अन्तर्राष्ट्रिय जुनियर खुला टेनिस च्याम्पियनसिपमा ती खेलाडीहरुले भाग लिनेछन् । खेलाडीको साथमा अभिभावक छोमविक्रम शाह र दया सिवाकोटी शाह पनि गएका छन् ।

टोलीलाई अखिल नेपाल लनटेनिस संघका सदस्यद्वय अजय विष्ट र ज्ञानेन्द्र खनालले सातदोबाटो टेनिस कम्प्लेक्समा शनिबार बिदाइ गरेका थिए ।