राजनीति

राजेन्द्र महतोको असन्तुष्टि, खतराको संकेत

काठमाडौं । सरकारले तयार पारेको संविधान संशोधन मस्यौदाप्रति सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले असन्तुष्टि राखेका छन् ।
सरकारले राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मका १३ पदमा वंशज नागरिकले मात्रै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था तलमाथि नगर्ने गरी संशोधन प्रस्ताव तयार पारेकाले महतोले असन्तुष्टि जनाएका हुन् ।

उनले प्रधानमन्त्रीसँग अन्य सबै ठिकै भए पनि प्रदेशको मुख्यमन्त्रीमा वंशजबाहेकका नागरिकले पनि प्रतिस्पर्धा गर्न सक्ने गरी नागरिकताको व्याख्या गर्नुपर्ने गुनासो गरेको स्रोतले बतायो । आइतबारको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित छ ।