समाचार

त्रिविले प्रकाशित गर्यो परीक्षाफल

काठमाण्डौ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ जेठ–असारमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीनवर्षीय स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशन गरिएको छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशाससम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क १४०३३६, १४०३८६, २०१००३४, ३२६००२५, ३६३०००२, र ६३१०००३ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।

यसैगरी २०७३ साल वैशाख–जेठ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७२ नियमित) को गृहविज्ञान विषयको परीक्षाको परीक्षाफल पनि शुक्रबार प्रकाशन गरिएको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा हेर्न तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस