खेलकुद

शनिबार नेपाल र पाकिस्तानबीच भीडन्त हुँदै

काठमाण्डौ । शनिबार टी–२० महिला क्रिकेट एसिया कप अन्तर्गत नेपाल र पाकिस्तानबीच भीडन्त हुँदैछ । थाइल्यान्डको बैंककस्थित टर्ड थाई क्रिकेट रंगशालामा हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्ने भएको हो ।

गत असोजमा हंकंगमा भएको आइसीसी महिला विश्वकप अन्तर्गत एसिया कप छनोटमा दोश्रो भएर नेपालले सो प्रतियोगितामा भाग लिन पाएको हो ।

नेपालको महिला क्रिकेट समुहले एसियाली स्तरमा प्रतिस्पर्धा गर्न लागेको यो नै पहिलो पटक हो । यो पटकको प्रतियोगितामा नेपालको परीक्षण समेत हुनेछ ।

प्रतियोगितामा नेपाली महिला क्रिकेट टिममा करिब एक दर्जन खेलाडीहरु सहभागी छन् । सो प्रतियोगितामा नेपालसहित ६ राष्ट्रहरुले प्रतिस्पर्धा गर्दै छन् ।