पु.समाचार

एमाले बाहेकबाट संबिधान संसोधनको बटो खोज्न वालुवाटारमा सत्तापक्षको बैठक

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको छ । बैठकमा एमाओबादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि, अर्थमन्त्री समेत रहेका माओबादी केन्द्रका नेता कृष्णबहादुर महरा, माओवादी नेता नारायणकाजी श्रेष्ठ र काँग्रेस नेता समेत रहेका मन्त्री रमेश लेखक छलफलमा रहेको प्रधानमन्त्री निवास स्रोत बताउछ ।

नेकपा एमालेसंग भएको छलफलले संबिधान संसोधनका बिषयमा उपलब्धी हाँसिल गर्न नसकेपछि, अरु कुनै तरीकाबाट भएपनि संबिधान संसोधन प्रस्ताब दर्ता गरि पास गराउने रणनीतिमा सत्तारुढ दलहरु लागेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दास्रो ठूलो दल नेकपा एमालेको उपस्थितिबेगर संबिधान संसोधन प्रस्ताब दर्ता गरे एमालेले संसदमा दह्रो प्रतिबाद प्रतिबाद गर्ने बताईसकेको छ ।

अर्कोतिर सडकमा समेत आन्दोलका लागि तयार रहन एमाले अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले दिईसकेका छन् । यसबाट सत्ता पक्षलाई संबिधान संसोधनको प्रस्ताब दर्ता गर्न सहज भएपनि पारित गर्न त्यति सहज छै ।

बुधबार नै ३ बजे सिँहदरबारमा मन्त्रीपरिषदको बैठक बस्ने तयारी गरेको छ । उक्त बैठकमा महत्वपूर्ण निर्णय हुने अनुमान राजनीतिक बृतमा लगाईएको छ ।