खेलकुद

पाकिस्तानसँग नखेल्ने निर्णयसँगै भारतलाई लाग्यो ठूलै धक्का

एजेन्सी– पाकिस्तानसँग आइसिसी महिला च्याम्पियनसिप अन्तर्गतको खेल नखेल्ने भारतको निर्णयसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले उ विरुद्ध कडा कदम चालेको छ । परिषदले भारतीय टिमलाई कुनै अंक नदिने र सबै अंक पाकिस्तानलाई दिने निर्णय गरेपछि भारतलाई आफ्नो कदम आत्मघाती सरह भएको छ ।

भारतले पाकिस्तानसँग ३ खेल खेल्नुपर्ने थियो तर पछिल्लो अवस्थामा ती दुई देशबीच देखिएको तनावका कारण खेल क्षेत्र समेत प्रभावित भएको पाइएको छ । आइसिसीको बुधबार बसेको प्राविधिक कमिटिको बैठकले तीन नै खेल नखेलेको भारतको शून्य रन मानेर पाकिस्तानलाई अंक दिने निर्णय गरेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।