अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिको निर्वाचन सम्बन्धी नयाँ रहस्यको खुलासा !

न्युयोर्क । निर्वाचनसम्बन्धी कानुनविद र तथ्याङ्क विज्ञहरुको एक समूहले अमेरिकामा यसै महिनामा भएको राष्ट्रपतिय चुनावमा साइबर ह्याकिङ्गको शङ्का व्यक्त गरेका छन् । यसकै कारण यो समूहले हिलारी क्लिन्टनलाई तीनवटा राज्यमा खसेको भोटको पुनस्गणना गर्ने सल्लाह उनीहरुले दिएका छन् ।

साइबर ह्याकिङबाट भोटमा तलमाथि गरिएको दाबी गरिएका राज्यहरुमा विस्कन्सिन, मिसिगन र पेन्सिलभेनिया रहेका छन् । समाचार अनुसार साइबर ह्याकिङको मद्दतबाट जम्मा मतमा तलमाथि गर्न सकिन्छ । शुक्रबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

राष्ट्रपतिय चुनावमा डेमोक्रेट उम्मेदवार हिलारीलाई २२८ र रिपब्लिकनका डोनाल्ड ट्रम्पलाई २७९ इलेक्टोरल मत मिलेको थियो । बहुमतका लागि ५३८ मा २७० इलेक्टोरल कलेजको खाँचो हुन्छ ।

यसै हिसाबले ट्रम्पलाई बिजेता घोषित गरिएको थियो । समाचार एजेन्सीका अनुसार अहिलेसम्म चुनावी नतिजालाई ह्याक गरिएको कुनै पनि प्रमाण भेटिएको छैन । अर्कातिर विद्युतीय भोटिङ मेसिनलाई तोडफोड गरिएको रेकर्ड पनि भेटिएको छैन।

समाचार अनुसार विज्ञहरुले दिएको यस सल्लाहबारेमा अहिलेसम्म हिलारी क्लिन्टनको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

हिलारी तथा उनको अभियानको जिम्मा लिएकाहरुले यसबारेमा केही भनेका छैनन् । उनीहरुले मत पुनस्गणनाका लागि निवेदन दिनेबारेमा हिलारीको टीमले कुनै योजना बनाएको छैन ।

राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले विस्कोन्सिन र पेन्सिलभेनियामा थोरै मात्रै मतले जित निकालेका थिए । ट्रम्पले मिसिगनमा पनि थोरै मतल जितेका थिए ।

तर रोचक कुरा के छ भने यी तीनवटै राज्यहरुमा डेमोक्रेटिक पार्टीलाई धेरै विश्वास थियो । पछिल्लो चुनावमा पनि यहाँ डेमेक्रेटले नै जितेको थियो ।